म्यानचेस्टर सिटीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

काठमाडौँ, ७ पुस । म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ ।

 

गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले ब्राजिलको क्लब फ्लुमिनेन्सेलाई ४-० गोल अन्तरले पराजित गर्दै पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो ।

 

म्यानचेस्टर सिटीको जितमा जुलियन अल्भारेजले २ गोल गरे भने फिल फोडेनले एक गोल गरेका थिए । त्यस्तै एक गोल फ्लुमिनेन्सेका निनोले आत्मघाती गोल गरेका थिए ।

 

फिफा क्लब विश्वकपमा सात कन्फेडेरेसनका विजेता क्लब खेल्ने गर्दछन । अहिलेसम्म क्लब विश्वकपको रियल म्याड्रिडले सबैभन्दा बढी ५ पटक जितेको छ भने बार्सिलोनाले ३ पटक जितेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्