इत्तिफाकमाथि अल नासरको ३-१ को शानदार जित

काठमाडौँ, ७ पुस । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल इत्तिफाकलाई पराजित गरेको छ ।

 

गएराती सम्पन्न खेलमा अल नासरले अल इत्तिफाकलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा एलेक्स टेल्लेज, मार्सेलो ब्रोजोभिक र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए ।

 

त्यस्तै अल इत्तिफाकका लागि एक गोल मोहमद अल कुवायकिबीले गरेका थिए ।

यो अल नासरको यस सिजनमा १३औं जित हो । १७ खेलमा ४० अंक हासिल गरेको अल नासर दोस्रो स्थानमा रहेको छ ।

 

त्यस्तै १८ खेलमा अपराजित रहदै ५० अंक हासिल गरेको अल हिलाल शिर्ष स्थानमा रहेको छ ।

 

त्यसैगरी अल इत्तिफाकको भने यो यस सिजनमा छैटौं हार हो । १८ खेलमा २४ अंक रहेको अल इत्तिफाक आठौ स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्