संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिमा टुंग्याउँ : कानुनमन्त्री गुरुङ

काठमाडौं, ६ पुस । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सहमतिबाटै टुंग्याउनुपर्ने बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समिति बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अल्पमत र बहुमततको प्रक्रियाबाट भन्दा सहमतिमा टुंग्याउनुपर्ने बताएका हुन् ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न बोलाइएका कानुनमन्त्री गुरुङले अल्पमत र बहुमतको प्रक्रियाबाट विवादित विषय टुंग्याउन नहुने बताउँदै सहमतिमा गर्न समितिसँग आग्रह गरे ।

सबै एकमत भएर बृहत शान्ति सम्झौता भएको भन्दै उनले प्रक्रियामा जान तयार गर्न नहुने र यदी सहमति नजुटेको अवस्थामा पछि विकल्पहरु सोच्नुपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्