पूर्व सांसद शाहलाई कमल थापाले बनाए उपाध्यक्ष

काठमाडौं, ६ पुस । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको विधानअनुसार पूर्व सांसद गोविन्द विक्रम शाह (जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनीत गरेका छन् ।

शाहको  मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भुमिका खेल्ने भन्दै अध्यक्ष कमल थापाले शाहलाई जिम्मेवारी पत्र हस्तान्तरण गर्दै बधाई सफल कार्यकालको शुभकामना दिएका छन् । केही दिनअघि राप्रपा नेपाल प्रवेश गरेका शाह जाजरकोटबाट निर्वाचित पूर्व सांसद र तत्कालीन जिबिस सभापति हुन् । राप्रपाका संस्थापक सदस्य शाह पछिल्लो समय नेकपा एमालेमा आबद्ध थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्