पोखराकी ५५ वर्षीया महिलामा र्‍यापिड टेष्ट गर्दा कोरोना पोजेटिभ

कास्की — पोखराकी ५५ वर्षीया महिलाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) किटको परीक्षण रिपोर्ट पोजिटिभ देखिएको छ ।

दुबईबाट २७ दिनअघि फर्किएकी पोखरा–१२ ढिकालेथरकी महिलाको रगतको नमुना किटबाट परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको हो । पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमुना परीक्षण गर्दा उनको नतिजा शंकास्पद देखिएपछि पुनः परीक्षण गरिएको थियो ।

दोस्रोपटक परीक्षण गर्दा समेत पोजिटिभ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । उक्त स्वाब पीसीआर मेसिनमा परीक्षण पश्चात कोरोना भाइरस भएरनभएको पुष्टि हुने पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्