कमिन्सलाई पछि पार्दै स्टार्क बने आईपीएलकै महँगा खेलाडी, २४ कराेड ७५ लाख भारुमा काेलकातामा अनुबन्ध

काठमाडौँ  – अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासकै महँगा खेलाडी बनेका छन् ।

यूएईकाे दुबईमा चलिरहेकाे आईपीएल मिनी अक्शनमा प्याट कमिन्सलाई पछि पार्दै मिचेल स्टार्क २४ कराेड ७५ लाख भारुमा काेलकाता नाइट राइडर्समा अनुबन्ध भएका हुन् । यसअघि आजै प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० कराेड ५० लाख भारुमा अनुबन्ध गरेकाे थियाे ।

स्टार्कलाई अनुबन्ध गर्नका लागि काेलकाता र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा भए पनि अन्तिममा काेलकाताले कीर्तिमानी मूल्यमा अनुबन्ध गर्‍याे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्