आईपीएल इतिहासकै महंगा खेलाडी बने पाट कमिन्स

काठमाडौँ – अस्ट्रेलियाका विश्वकप विजेता कप्तान पाट कमिन्सले इण्डियन प्रिमियर लिग (आईपीएल) खेलाडी अक्सनमा नयाँ कीर्तिमान बनाएका छन् ।

आज दुबईमा जारी आईपीएलको खेलाडी अक्सनमा पाट कमिन्सलाई सनराइजर्स हैदरावादले २० करोड ५० लाख भारुमा अर्थात ३२ करोड ८० लाख नेपाली रुपैयाँमा किनेको हो । यो आईपीएलको इतिहासमा खेलाडी अक्सनमा कुनै खेलाडीका लागि अहिलेसम्म तिरिएको सबैभन्दा ठुलो रकम हो ।

यसअघि २०२३ को अक्सनमा इङल्याण्डका साम कुरानलाई पञ्जाव किंग्सले १८ करोड ५० लाख भारुमा किनेको थियो भने २०२३ मै अस्ट्रेलियाका क्यामरुन ग्रीनलाई मुम्बई इण्डियन्सले १७ करोड ५० लाखमा र चेन्नई सुपर किंग्सले २०२३ मै इङल्याण्डका अलराउण्डर बेन स्टोकलाई १६.२५ करोडमा किनेको थियो ।

जारी अक्सनमा अहिलेसम्म न्यूजील्याण्डका युवा अलराउन्डर रचिन रविन्द्रलाई चेन्नई सुपर किंग्सले रविन्द्रलाई एक करोड ८० लाख भारुमा किनेको छ । त्यस्तै जारी खेलाडी अक्सनमा चेन्नईले भारतीय बलर श्रदुल ठाकुरलाई ४ करोडमा किनेको छ । त्यस्तै अफगानिस्तानका अजमातुल्लाह ओमरजाईलाई गुजरात टाइटन्सले ५० लाख भारुमा किनेको छ ।

त्यसैगरी सनराइजर्स हैदरावादले श्रीलंकाका वानिन्दु हसरंगालाई १.५ करोड भारुमा किनेको छ भने विश्वकपमा शानदार प्रदर्शन गरेर अस्ट्रेलियालाई विश्वकप जिताएका ट्राभिस हेडलाई सनराइजर्स हैदरावादले ६.८ करोड भारुमा किनेको छ ।

त्यस्तै इङल्याण्डका विस्फोटक ब्याट्सम्यान ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले ४ करोड भारुमा किनेको छ भने वेस्टइन्डिजका रोभमन पावेललाई ५.४ करोड मा राजस्थान रोयल्सले किनेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्