डा. केसी अनसन बसे पछि धनगढीबासी बिराेध प्रदर्शन

धनगढी, ३० मंसिर । डा. गोबिन्द केसीकोि बिरूद्द प्रदर्शन भएको छ ।

 

चिकित्सा शिक्षा सुधार अभियन्ता भनिएका डा. केसी धनगढी अनशन बसे पछि शनिबार प्रदर्शन भएको हो ।

 

उनी अनसन बसे पछि त्यसको विरोधमा धनगढीमा चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले प्रदर्शन गरेको हो । सरोकार समितिका अनुसार गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रदेश बासीको माग विपरीत केसीले अनसन थाले पछि प्रर्दशन गर्नु परेको हो । सो क्रममा संघर्ष समितिका प्रदर्शनकारीहरूले डा. केसीविरुद्ध नाराबाजी समेत गरेका छन् ।

 

डा. केसी शुक्रबार साँझ गेटा मेडिकल कलेजमा अनसन बस्न पुगे पनि प्रदर्शनकारीले अबरोध गरे पछि उनी त्यहाँवाट निस्केर लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशनमा बसेका थिए । तर, अनसन बसे पछि स्थानीयले उनीबिरूद्द नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्