नेपालसहित २५ विकासशील मुलुकलाई ऋणमा सहुलियत दिने अन्तर्राष्ट्रिय मुद्रा कोषको घोषणा

काठमाडौं – नेपालसहित २५ विकासशील मुलुकलाई अन्तर्रा्ष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सहुलियत घोषणा गरेको छ । नेपालसहित कम आयस्रोत भएका गरिब मुलुकहरुलाई तत्काल सहायता स्वरुप उपलब्ध गराउन खोलिएको कोष सीसीआरटीमार्फत सहायता उपलब्ध गराइने भएको छ ।

सहायता अन्तर्गत आईएमएफबाट लिएको ऋणको दायित्व पुरा गर्न मुलुकहरुले कोषको उपयोग गर्न सक्ने भएका छन् ।

पहिलो चरणमा यस्तो सहायता ६ महिनासम्मका लागि घोषणा गरिएको आईएमएफकी प्रवन्ध निर्देशक क्रिस्टालीना जर्जियवाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सीसीआरटीको रकम मुलुकहरुले कोरोना भाइरससँगको लडाइँमा समेत प्रयोग गर्न सक्ने भएका छन् । सीसीआरटीमा अहिले ५ सय मिलियन डलर उपलब्ध छ । यस कोषमा बेलायत र जापानले उपलब्ध गराएको १८५ मिलियन र १ सय मिलियन डलर रकम प्रयोग गरिने भएको छ ।

चीन र नेदरल्याण्ड्सबाट समेत सहायता उपलब्ध हुने कोषले जनाएको छ । कोषमा अन्य विकसित मुलुकले समेत सहयोग गरी रकम बढाउनु पर्ने आईएमएफको भनाइ रहेको छ ।

आइएफएफले कमजोर अर्थतन्त्र भएका गरिब मुलुकका लागि यस्तो सहुलियत सुविधा ल्याएको हो । जसमा नेपालसहित अफगानिस्तान मात्र अन्य महादेशबाट परेका छन् । अरु अधिकांश मुलुक अफ्रिकी हुन् ।
अनलाइनखबरबाट

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्