बैशाख १५ गते सम्म नेपाल लकडाउन गर्ने मन्त्रिपरिषद्काे निर्णय, थप १२ दिन लम्बीयो

काठमाडौँ — सरकारले लकडाउन १२ दिन बढाएर वैशाख १५ गतेसम्म पु‍¥याउने निर्णय गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) को संक्रमण रोक्नका लागि चैत ११ बाट थालिएको लकडाउन सरकारले तेस्रो पटक बढाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिपद्को बैठकले केहीबेरअघि निर्णय गरेको हो । एक साताका लागि घोषणा गरिएको लकडाउन संक्रमितहरु भेटिएपछि बढाएर सरकारले बढाउँदै लगेको हो । नेपालमा हालसम्म १६ जनामा संक्रमण देखिएको छ । भोलि वैशाख ३ गते सरकारले घोषणा गरेको लकडाउन समय सकिदै थियो ।

आजै छिमेकी देश भारतले १९ दिनका लागि लकडाउनबढाउने घोषणा गरेको छ ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्