लकडाउनको उल्लंघन गर्दै मेलम्चीको धौलेडाँडामा पिकनिक

सुशील सुवेदी
सिन्धुपाल्चोक – कोरोना भाइरस संक्रमणबाट जोगिन देशभरी लागु गरिएको लकडाउन उल्लंघन गर्दै सिन्धुपाल्चोकमा सयौंको संख्यामा मानिसहरू मेलम्चीको धौलेडाँडामा छुट्टाछुट्टै समूहमा पिकनिक गएका थिए ।

बनभोज गएकाहरूलाई प्रहरीले फर्काइदिएको छ । कोरोना भाइरस संक्रमणबाट जोगिनका लािग लागु गरिएको लकडाउन उल्लंघन गर्दै सयौंको संख्यामा मानिसहरू मेलम्चीको धौलेडाँडामा छुट्टाछुट्टै समूहमा पिकनिक गएका थिए । ईलाका प्रहरी कार्यालय मेलम्चीबाट प्रहरी निरीक्षक फलबहादुर तामाङको नेतृत्वमा गएको टोलीले पिकनिक गएकाहरूलाई फर्काएको हो । नयाँ वर्षको अवसरमा थुप्रै समूहहरू धौले डाँडामा पिकनिक गएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्