CORONA

सनसिटी अपार्टमेन्टका तीन जना मध्ये २ जनाको रिर्पोट पोजेटिभ, १ जनाको रिपोर्ट आउन बाकी

काठमाडौं – काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट कोरोनाको आशंकामा अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ ।

उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार ‍र्‍यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।

उनीहरु मध्ये दुई जनाको रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्