ताइक्वान्दो (आइटिएफ) च्याम्पियनसिप सम्पन्न, मदरल्याण्ड स्कुल च्याम्पियन

भक्तपुर- नवौं अन्तर विद्यालय ताइक्वान्दो (आइटिएफ) च्याम्पियनसीप सूर्यविनायक वडा ९ मा रहेको मदरल्याण्ड स्कुलले जित्न सफल भएको छ ।
आइटिएफ नेपालका अध्यक्ष लक्ष्मण बस्नेतले हरेक वर्ष गर्दै आएको च्याम्पियनसीप कोभिड-१९ को कारण २ वर्ष रोकिएको भए पनि पुनः निरन्तरता दिएको बताउनु भयो ।  तेक्वान्दो आईटीएफ नेपाल र क्वालिटी इङ्लिस बोर्डिङ स्कुलले नोभेम्बर ९, २०२३ मा ९औँ अन्तरविद्यालय तेक्वान्दो आईटीएफ च्याम्पियनसिप सफलतापूर्वक आयोजना गरेको छ ।

२१ व्यक्तिगत स्प्यारिङ र १२ व्यक्तिगत प्याट्रेन क्याटोगोरीको लागि एक दिनको कार्यक्रममा १३ विभिन्न विद्यालयहरूबाट २०६ खेलाडी र अधिकारीहरू सहभागी थिए। टिम च्याम्पियन ट्रफीमा मदरल्याण्ड स्कुल भक्तपुरले ८ स्वर्ण, ४ रजत र ८ कास्य प्राप्त गरेको छ । आरक्षण स्कूल भक्तपुरले ५ स्वर्ण, ८ रजत र ५ कास्यसहित दोस्रो तथा सुनाखरी पाठशाला काठमाडौंले ५ स्वर्ण, ३ रजत र ८ कास्यसहित तेस्रो भएको छ ।

उत्कृष्ट खेलाडी अब्राहाम टोलाङ्गे (न्यु मोडेल एकेडेमी, काभ्रे) ले छात्र तर्फ र उत्कृष्ट खेलाडि रेजिना तामाङ (सुनाखरी पाठशाला, काठमाडौं)ले छात्रा तर्फ ब्यूटीफुल ट्रफी हात पारे ।

समापन समारोहमा प्रमुख अतिथि रमेश खरेल नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक, शनिस लागेजु राष्ट्रिय तेक्वान्दो संघका सचिव तथा हंसदा योग आश्रमका अध्यक्ष स्वामी नीलकण्ठ र अध्यक्ष स्वामी पञ्चशीलले पदक तथा ट्रफी वितरण गरेका थिए । विद्यालयका प्रधानाध्यापकहरुले मेडल ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । साथै क्वालिटी स्कुलका प्राचार्य श्री जीबी खड्काले सबै अम्पायर र अधिकारीहरूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

यस इभेन्टका टुर्नामेन्ट डाइरेक्टर तथा तेक्वान्दो आईटीएफ नेपालका अध्यक्ष मास्टर लक्ष्मण बस्नेतले बिजेता एवं सहभागी सबै विद्यार्थीहरूलाई बधाई दिनु भयो । साथै यस्तो एकदिवसीय सुन्दर कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै नेपालमा आगामी कार्यक्रम फेब्रुअरी २४ र २५, २०२४ मा आयोजना हुन गईरहेको अस्ट्रेलियाका आईटीएफ़ मास्टर माइकल मुलेटा ८ औं डिग्री बाट संचालन हुने ITF सेमिनार तथा चौथो एभरेष्ट खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको लागी तयारी गर्न सबै सहभागीहरूलाई जानकारी गराएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्