यू-१९ एशिया कप: आज नेपालको सामना भारतसँग हुने

काठमाडौं, २६ मंशिर । युएईको दुबईमा जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ ।

 

यो खेल नेपाली समय अनुसार बिहान ११: १५ बजेदेखि शुरु हुने छ ।

यस प्रतियोगितामा नेपालले आफ्ना शुरुका दुवै खेलमा हार बेहोरेको छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको हार बेहोरेको छ भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हार बेहोरेको थियो ।

 

त्यस्तै समुह ए मा रहेको भारतले भने २ मध्ये एक खेलमा जित हासिल गरेको छ एक खेलमा हार बेहोरेको छ । भारतले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजति गरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ८ विकेटको हार बेहोरेको थियो ।

 

त्यस्तै आज समुह ए अन्तर्गत पाकिस्तान र अफगानिस्तानबीच खेल हुदै छ । यो खेलपनि नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि नै शुरु हुदै छ ।

 

समुह ए मा पाकिस्तानले २ खेलमा दुवै खेल जितेर ४ अंक हासिल गरेको छ भने भारत र अफगानिस्तानले २-२ खेलमा एक एक खेल जितेर २-२ अंक हासिल गर्दै दोस्रो र तेस्रो स्थानमा रहेको छ ।

 

त्यस्तै नेपालले भने दुवै खेलमा हार बेहोरेर अंकविहिन रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्