आइसीसी यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्बजनिक

काठमाडौँ, २६ मङ्सिर । आइसिसी यू–१९ विश्वकप १९ जनवरी देखी ११ फेब्रअरी सम्म हुने भएको छ ।

 

आइसीसीले श्रीलंका क्रिकेट बोर्ड आइसिसीको प्रतिबन्धमा परेपछि दक्षिण अफ्रिकामा सरेको यू-१९ क्रिकेट विश्वकपको खेल तालिका सार्बजनिक गरेको हो । यू-१९ विश्वकपमा नेपाल समूह डी मा न्युजील्याण्ड, पाकिस्तान र अफगानिस्तानसँग परेको छ ।

 

सार्बजनिक गरिएको तालिका अनुसार नेपालले पहिलो खेल जनवरी २१ मा न्यूजील्याण्डसँग खेल्नेछ । त्यस्तै जनवरी जनवरी २४ मा पाकिस्तानसँग र् समूह चरणको अन्तिम खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्नेछ ।

 

हरेक समूहका शीर्ष तीन टोली सुपर ६ मा पुग्नेछन् । समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् भने समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड छन् । त्यस्तै समूह सी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् ।

 

समुह चरणका खेलपछि समूह ए र डी का टोली सुपर ६ खेल्नेछन् भने समूह बी र सी का शिर्ष ६ टिम सुपर सिक्स खेल्ने छन् ।

 

हरेक समूहमा पुछारका टोलीले १२ देखी १६औं स्थानमा लागि प्लेअफ खेल्न पाउने आइसीसीले बताएको छ ।

 

नेपालले यू-१९ विश्वकप अघि जनवरी १६ मा वेस्टइन्डिजसँग अभ्यास खेल खेल्ने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्