देशभर ११ हजार जनाको नमुना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं – देशभरि करिब ११ हजार जनाको कोरोना (कोभिड–१९) भाइरस परीक्षण गरिएको छ । सोमबारसम्म १० हजार ९८२ वटा नमूना परीक्षण गरिएको सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

५ हजार ६९१ जनाको पीसीआर र ५ हजार २ सय ९१ जनाको र्‍यापिड कीट विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

र्‍यापिड कीटबाट ५२ जिल्लामा परीक्षण सुरु भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । यो कीट सातै प्रदेशमा ५ हजारका दरले वितरण गरिएको छ ।

परीक्षण गरिएकामध्ये १४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लोपटक रौतहटमा १९ वर्षीय पुरुषमा कोरोना देखिएको हो । उनी क्वारेन्टाइनमा बसिरहेका थिए ।

काठमाडौं उपत्यकामा ९ सहित देशभरि १ सय ३ जना लाइसोलेसनमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्