कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमितको संख्या शुन्य

काठमाडौं – कोभिड–१९ का संदिग्धहरुको ‘थ्रोट स्वाब’ नमूना परीक्षण सङ्ख्याको मात्रा बढे पनि कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना सङ्क्रमित देखिएका छैनन् ।

हालसम्म भने कर्णालीमा करीब ८ सय जनाको स्वाब सङ्कलन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सुर्खेत प्रदेश अस्पतालमा स्थापित कोरोना परीक्षण प्रयोगशालाबाट आएको प्रतिवेदनले परीक्षणका लागि पठाइएका थ्रोट स्वाबको रिपोर्ट सबै नेगेटिभ देखिएको छ ।

रिपोर्टअनुसार कर्णाली प्रदेशका नागरिक यतिबेलासम्म सुरक्षित नै रहेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्