कोरोना अपडेटः १८ लाख ५३ हजार भन्दा धेरै संक्रमित, १ लाख १४ हजार भन्दा बढीको मृत्यु

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघेको छ । वल्र्डोमिटरको तथ्यांक अनुसार, विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख १४ हजार २ सय ८० पुगेको हो । त्यस्तै, यो भाइरसबाट विश्वभर १८ लाख ५३ हजारभन्दा धेरै मानिस प्रभावित बनिसकेका छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा यो भाइरसका संक्रमितको संख्या ५ लाख ६० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि २२ हजार १ सय १५ पुगेको छ ।

अहिलेसम्म विश्वभर यो भाइरसबाट संक्रमित हुने चार लाख ३० हजारभन्दा बढी मानिसहरु निको भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्