कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

बिराटनगर, १५ मंशिर । कोशी प्रदेशका पत्रकारहरूले भुकम्प पीडित पत्रकारका लागि ५० हजार रूपैयाँ सहयोग गरेका छन् ।
नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आव्हान बमोजिम कोशी प्रदेश समितिले जाजरकोट र रुकुमका भूकम्पपीडित पत्रकारका लागि महासंघले स्थापना गरेको केन्द्रीय राहत कोषमा ५०  हजार रुपैयाँ सहयोग गरेका छन ।

 

अध्यक्ष लिलाबल्लभ घिमिरे नेतृत्वमा सो रकम हालै केन्द्रीय राहात कोषमा हस्तान्तरण गरेको कोषाध्यक्ष कलेन्द्र सेजुवालले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्