सेना कर्मचारीलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाउनु परेकाे छः केपी ओली

डडेल्धुरा, १५ मंशिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सेना कर्मचारीलाई तलब खुवाउन सरकार आन्तरिक ऋण उठाईरहेको जनाएका छन् ।

 

सरकारले अर्थतन्त्र उकास्न कुनै काम नगरेको आरोप लगाउँदै निमार्ण ब्यावसायीलाई पैसा नदिएर सरकारले हैरान बनाएको पनि आरोप लगाएका छन ।

 

‘सत्तासिन गठबन्धनका नेताहरु सरकार कसरी जोगाउने ? मन्त्री कसरी हुने ? कसले बढी कमाउने ? कसले आफान्त बढी पोस्ने ? मा लागेको छ,’ ओलीले भने, ‘सरकार सेना र कर्मचारीलाई तलबभत्ता खुवाउन नसकेर आन्तरिक ऋण खोजेर खुवाउन थालेको छ ।’

 

उनले परिवर्तन उल्टाउनका लागि बिभिन्न कार्यक्रम र गतिबिधि गर्दा पनि सरकार मुकदर्शक भएको आरोप पनि लगाएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्