कुटपिटबाट कैलालीका २६ वर्षीय मोहनकाे मृत्यु, ७ जना पक्राउ

कैलाली, १३ मंसिर । घोडाघोडी नगरपालिका-२ बस्ने २६ वर्षीय मोहन अधिकारीको कुटपिटबाट मृत्यु भएको छ । कुटपिटमा संलग्न रहेको अभियोगमा लम्कीचुहा नगरपालिका-९ घोराघाट बस्ने २३ वर्षीय विवेक भुलसमेत ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

लम्कीचुहा नगरपालिका-९ घोराघाटस्थित आफन्तको विवाहमा आएका मोहनलाई विवेक लगायतका व्यक्तिहरूले कुटपिट गर्दा गम्भीर घाइते भई उपचारको लागि लालरत्न अस्पताल हुँदै टिकापुर अस्पताल कैलाली लगिएकोमा थप उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्