आज मालिकार्जुन मन्दिर मड लगायत उचाकाेट, गराडी तथा माैखाेलीमा भव्य रात्रिकालिन जात्रा लाग्ने

राष्ट्रकै सातौ‌ धाम दार्चुलाको शैल्यशिखर मालिकार्जुनमा हिजाे त्रयोदशीको दिन पुजन जात्रा सकिएसँगै आज मडमा रहेका मालिकार्जुन मन्दिरमा रात्रिकालिन जात्रा लाग्ने भएकाे छ । देशभरीका एक सय पर्यटकीय गन्तव्यमा पर्ने प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थलकाे रूपमा रहेकाे मालिकार्जुनमा जात्रा लाग्ने छ । मालिकार्जुनका देवीहरुको बसोबास रहेको लेकम ५ मैखोली, लेकम ६ उचाकोट, लेकम २ गराडी लगायत विभिन्न शक्तीपिठहरुमा रातभरी जात्रा लाग्ने गर्दछ ।

शैल्यशिखर धाममा प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथी र कार्तिक शुक्ल त्रयोदशी तिथिमा गरी बर्षमा दुई पटक शिखर पुजन जात्रा लाग्ने गर्दछ । शिखर धामको पवित्र मनले दर्शन गर्नाले सम्पूर्ण पाप नष्ट भई पूण्य प्राप्ति हुने, मनोकामना पूरा हुने र निसन्तानिलाई सन्तान सुख प्राप्त हुने जनविश्वास समेत रहि आएकाे छ ।  मालिकार्जुनमा पुजन जात्रापछि आज रातभरी मालिकार्जुन मन्दिर मडमा जिल्लाकै ठुलो जात्रा लाग्ने गर्दछ ।

दमाहा सहितका धार्मिक र्यालि सहितकाे जात्राले उल्लासमय वातावरण नै वनाउने गर्दछ । काेहिले केहि जिन्सी समान समेत मन्दिरमा जढाउने गर्दछन भने दिनभरी दियाे वाल्नेकाे समेत घुइँचाे लाग्ने गर्दछ ।

यो पनि 

सातौँ राष्ट्रिय धाम शैल्य शिखर मालिकार्जुनको संक्षिप्त इतिहास

 

यस्तो छ मालिकार्जुन देवताको महिमा र इतिहास (भिडियो सहित)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्