नाकामा अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउन राजपाको माग

काठमाडौं – राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले नाकामा अलपत्र रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन माग गरेको छ । आज राजपा अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले एक विज्ञप्ति जारी गर्दै नेपाल र भारतको सिमा नाकामा अलपत्र रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउन आग्रह गरेका हुन् ।

कोरोना भाइरसको संक्रमण र त्यसपछिको लकडाउनपछि सीमा नाकामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउँदा स्वास्थ्य जाँच गर्न र स्वास्थ्य जाँचपछि शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्न समेत उनले आग्रह गरेका छन् ।

कोरोना भाइरसको महामारी दिनानुदिन झन बढ्दै गइरहेको अवस्थामा पनि सरकार गम्भीर र जिम्मेवार नबनेको गुनासो गर्दै उनले यस माहामारीबाट जोगिन तथा लकडाउनलाई प्रभावकारी बनाउन धैर्यताका साथ आ–आफ्नो घरमै बस्न सम्पूर्ण नागरिकसँग अपिल पनि गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्