नेपालमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १२ पुग्यो

काठमाडौं – पर्साको बिरगञ्ज महानगरपालिका–२ छपकैया स्थित मस्जिदमा शंकास्पद रुपमा रहेका २१ जनाको कोरोना परिक्षण गर्दा तीन जनालाई कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक फेसबुक पेजमा उल्लेख गरेको छ ।

मस्जिदमा शंकास्पद रुपमा रहेका २१ जनामध्ये ३७,४४ र ५५ बर्षका पुरुषमा कोभिड–१८ को पोजेटिभ देखिएको हो । मस्जिदमा रहेका ती व्यक्तिहरुलाई कोरोनाको आशंकामा नारायणी अस्पताल बिरगंञ्जमा आइसोलेशनमा राखेर उपचार गरिएको उनीहरुको थ्रोट स्वाब किटजन्य रोगअनुसन्धान तथा तालिम केन्द्र हेटौडाको ल्याबमा परीक्षण गरिएको थियो ।

सो परीक्षणमा आशंका गरिएका २१ जनामध्ये तीन जनामा पोटेटिभ देखिएपछि पुन एकिन गर्नको लागि चैत्र २९ गते शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला परीक्षण गरिएकोमा त्यहाँपनि पोजेटिभ देखिएकाले उनीहरुको ससंर्ग र उनीहरु गएको स्थानको पहिचान गरेर ट्रेसिङ गर्ने काम भैरहेको मन्त्रालयको फेसबुक पेजमा उल्लेख छ ।

यो सँगै नेपालमा कोराना संक्रमितको संख्या १२ पुगेको छ । १२ जनामध्ये एक जना निको भएर घर फर्किएका छन् भने ११ जनाको उपचार भैरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना सम्बन्धि जानकार दिन केही दिनअघि मात्रै सचालन गरेको मोवाइल एप हाम्रो स्वास्थ्यमा समेत कोरोना संक्रमितको संख्या १२ उल्लेख गरिएको छ । यो सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही बेरमा पत्रकार सम्मेलनको गरेर थप जानकारी सार्वजनिक गर्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्