प्रमुख सेनानी विष्टको शव लिएर श्री एयरलाइन्सको विमान काठमाडौँ आइपुग्यो

FILE PHOTO

काठमाण्डौ – सुडानमा हृदयाघातका कारण ज्यान गुमाएका एक नेपाली सैनिकको शव लिएर श्री एअरलाइन्सको जहाज सुडानबाट काठमाण्डौ आइपुगेको छ ।

जहाज बिहान सवा ८ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । नेपाली सेनाका प्रमुख सेनानी रिदेश विष्टको गएको १७ गते शान्ति मिसनको ड्युटीकै क्रममा हृदयाघात हुँदा ज्यान गएको थियो ।

स्वार्गीय विष्टको शव लिन श्री एअरलाइन्सको नाइन एन ए एमबी कलसाइनको जहाज शनिबार सुडानका लागि उडेको थियो । स्वर्गीय बिष्टको आजै अन्त्येष्टि गरिने नेपाली सेनाले जनाएको छ ।

विष्टको शव ल्याउन संयुक्त राष्ट्रसंघको शान्ति मिसनले समन्वय गरेको सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्