२४ घण्टामा ८ सय ९७ जनाको स्वाबको नमुना परीक्षण

काठमाडौं – विगत २४ घण्टामा ८ सय ९७ जनाको स्वाबको नमुना जाँच गरिएकोमा कसैमा पनि संक्रमण फेला नपरेको बताइएको छ ।
त्यसमा ६०९ काठमाडौंमा र २ सय ८८ नमुना काठमाडौं बाहिर जाँच गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । अहिलेसम्म नेपालमा स्वाब परीक्षणको संख्याका चार हजार ४ सय २६ रहेको छ र सरकारले यसको दायरा बढाएको छ ।
यस्तै काठमाडौमा केन्द्रीय जन स्वास्थ्य प्रयोगशालमा मात्र स्वाब परीक्षण गरिने गरिएकोमा वीर अस्पतालबाट शुरु भएको र टेकुस्थित शुक्रराज अस्पतालबाट पनि भोलिदेखि नमुना परीक्षण शुरु गरिने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्