भारतमा लकडाउन लम्ब्याउने निर्णय भइसक्यो : केजरीवाल

काठमाडौं – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतमा लकडाउन बढ्ने निर्णय भइसकेको बताएका छन् ।

शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भिडियो कन्फ्रेन्सपछि उनले ट्विटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीले लकडाउनलाई अगाडि बढाउने सही निर्णय गरेका छन् ।आज भारतको स्थिति धेरै विकसित देशहरू भन्दा राम्रो छ किनकि हामीले चाँडै लकडाउन सुरु गर्यौं। यदि यो अहिले रोकिन्छ भने, सबै लाभहरू हराउनेछन्।’

कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउन बढाउने विषयमा केन्द्र सरकारले भने आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन । भारतमा २१ दिने लकडाउन २४ मार्चबाट सुरु भएको हो ।

भारतमा ७ हजार ६ सयमा कोरोना पुष्टि भएको र २ सय ४९ जनाको मृत्यु भएको त्यहाँका वल्र्डोमिटरको तथ्याङ्कमा उल्लेख छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्