माथिल्लो तहको सेटिङमा विरगञ्जबाट कोइला बोकेका ट्रक भक्तपुर पुगे

भक्तपुर – सरकारले लकडाउन गरेको समय अत्यावश्यक वस्तुमात्र ढुवानी गर्न पाउने व्यवस्था छ । तर, सवारीको अगाडी खाद्यन्न र आल्मुनियम सल्फेट ढुवानीको पत्र टाँसेका ट्रक ईटा भट्टामा प्रयोग हुने कोइला बोकेर भक्तपुर आईपुगेका छन् । ईटा भट्टामा प्रयोग हुने कोइला बोकेका एक दर्जन भन्दा धेरै ट्रक भक्तपुरका विभिन्न स्थानमा पुगेपछि स्थानीयवासीहरु त्रसित भएका छन् ।

यसबारेमा भक्तपुरको चाँगुनारायाण नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रसँग प्रतिक्रिया लिँदा माथिल्लो तहदेखिको सेटिङ्गमा वीरगञ्बाट कोइला बोकेका ट्रक चाँगुनारायण आएका बताए । सरकारको उच्च स्तरीय समितिको निर्णयमा नै त्रुटि भएको र ईँटा उद्योगलाई अत्यावश्यक भन्ने बनाइएकोमा नगर प्रमुख मिश्रले असन्तुष्टि व्यक्त गरे ।

‘मैले गृह मन्त्रालयका सचिव ज्यूसँग समेत गुनासो राखेको छु, गल्तीले उच्च स्तरीय समितिको बैठकमा ईटा उद्योग चलाउन दिने निर्णय घुसाइएको रहेछ’ नगरप्रमुख मिश्रले भने ।

राताेपाटीकाे सहयाेगमा

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्