वर्तमान गठबन्धन सरकार चाँडै परिवर्तन हुदैँन: माधव नेपाल

काठमाडाैं – पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमानको गठबन्धन सरकार चाँडै परिवर्तन नहुने बताएका छन् । राजनीतिक चर्चाका कारण सरकार परिवर्तन हुन्छ भन्ने हल्ला निराधार भएको समेत बताएका छन् ।

बर्दियाको गुलरियामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालले भ्रष्टाचारीहरुको एक्सनमा सरकार उत्रिएको र जनमुखी काम गरिरहेकाले तत्काल सरकार परिवर्तन नहुने बताएका हुन् ।

उहाँले भन्नुभयो प्रधानमन्त्री फेर्ने कुरा परै जाओस् कांग्रेस लगायतका गठबन्धनले सरकार छोड्न चाहँदैनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्