नेपाली भूमि कालापानी क्षेत्रमा भारतीय प्रधानमन्त्री मोदी, नेपाललाई छैन जानकारी !

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आएका छन् । उनी हेलिकोप्टर चढेर आज बिहान कालापानी क्षेत्रमा आएका हुन् ।

उनले आदिकैलाश र पार्वतीकुण्डको दर्शन गरेका छन्। उनले भ्रमण गर्ने क्षेत्र नेपाल–भारत सिमानामा पर्दछन् । सरकारले २०७७ जेठमा सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रका गुन्जी, नाबी, कुटी लगायतका भूभाग पनि समेटिएको छ । तर भारतले सो क्षेत्र आफ्नो भएको दाबी गर्दै आएको छ ।

भारतीय पक्षले नेपाललाई मोदीको भ्रमणबारे जानकारी समेत नगराएको दार्चुलाकी प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् । ‘मोदीको भ्रमणबारे भारतीय पक्षबाट औपचारिक पत्र प्राप्त नभएकाले धेरै जानकारी त छैन तर अनौपचारिक रुपमा सूचना लिएका छौं ।’

मोदी आउन लागेको थाहा पाएपछि भारतीय डिएमलाई फोन गरेर सोध्न खोजे पनि सम्पर्क हुन नसकेको प्रमुख जिल्ला अधिकारी जोशीले बताइन् । मोदीसँगै उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी लगायत पनि कालापानी क्षेत्रको भ्रमणमा छन् । मोदीले सामाजिक सन्जाल एक्समा पिथौरागढमा परियोजनाहरुको शिलान्यास र गुन्जी गाउँका बासिन्दासँग सम्वाद गर्ने उल्लेख गरेका छन् । आफ्नो यो भ्रमणको आधात्मिक महत्व भएको पनि उनले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्