नेशनल प्याब्सन काठमाडौँको पदस्थापन, दशैं मिलन तथा एसईई सम्मान कार्यक्रम सम्पन्न

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिले पदस्थापन, दशैं मिलन तथा एसईई सम्मान कार्यक्रमको आयोजना गरेको छ ।

सोमबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि नेशनल प्याब्सन काठमाडौँले सो कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा काठमाडौँ जिल्ला समितिका नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । भदौ २७ गते काठमाडौमा एक कार्यक्रम गरि काठमाडौँ जिल्लाको ८ औँ अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनले अमृत खड्काको नेतृत्वमा जिल्ला समिति चयन गरेको थियो ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता आनन्द पोखरेलले विद्यालयहरुले विद्यार्थीहरुलाई राष्टभक्ति युक्त शिक्षा दिनुपर्नेमा जोड दिएका दिनुभयो । उहाँले देश सुहाउने शिक्षा अहिलेको आवश्यकता भएकोले विद्यालय संचालकहरुले त्यसतर्फ जोड दिनुपर्ने बताउनुभयो । विद्यार्थीहरु पढाईका लागि देश बाहिर जाने क्रम बढ्दो रहेकाले विद्यार्थीहरुलाई देशभित्रै रोक्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्याक्रममा बोल्दै नेसनल प्याब्सनका पूर्व अध्यक्ष कर्णबहादुर शाहीले नेशनल प्याब्सनमा देखिएको विवाद सबैले मिलेर सामाधान गुर्नपर्ने बताउनुभयो । नेशनल प्याब्सनलाई जोगाउनु सबैभन्दा उत्तम कार्य भएको भन्दै सहमति कार्यान्वयन गर्नुपर्ने उहाँको तर्क थियो । कसैले पनि संगठनमाथि धावा बोल्न नहुने उहाँको भनाई थियो ।

यस्तै कार्यक्रममा बोल्दै काठमाडौँ जिल्ला अध्यक्ष अमृत खड्काले नेशनल प्याब्सन काठमाडौँ एक ढिक्का भएको बताउनुभयो । उहाँले आफुलाई जिल्लाको नेतृत्व गर्न अवसर दिएको भन्दै सम्पुर्णमा धन्यवाद समेत व्यक्त गर्नुभयो । आगामी दिनहरुमा शिक्षा क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरुको हकहितका लागि नेशनल प्याब्सन काठमाडौँ एक ढिक्का भएर लाग्ने बताउनुभयो । विद्यार्थीहरुको शैक्षिक गुणस्तर, शिक्षकहरुको पेशागत क्षमाता अभिवृद्धि, लगानीकर्ताको लगानी सुरक्षित र अभिभावकहरुका सपना साकार पार्न नेशनल प्याब्सन काठमाडौँ प्रतिबद्ध भएको बताउनुभयो ।

कार्यक्रममा नेशनल प्याब्सनमा आवद्ध विद्यालयका एसईईमा उत्कृष्ट विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो भने उत्कृष्ट नतिजा ल्याएन भुमिका खेलेका विषय शिक्षकहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा नेशनल प्याब्सनका पदाधिकारी, पूर्व पदाधिकारी, विद्यालय संचालक, प्रिसिन्पल लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संयोजन नेशनल प्याब्सन काठमाडौँ जिल्लाका प्रथम उपाध्यक्ष प्रेमकुमार भुजेलले गर्नुभएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्