कञ्चनपुरमा एक किशोरी मृत फेला

कञ्चनपुर – कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छिन्। कञ्चनपुरको महेन्द्रनगर भगतपुर बन्देबी टोल बस्ने हेमा खड्का मृत फेला परेकी हुन्। दोधारा चाँदनी नगरपालिका–८ धामी टोलकी खड्का कोठामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

शव फेला पर्नुभन्दा केही घण्टाअघि उनले समाजिक संजाल फेसबुकमा एक युवकसँगको तस्बिर राख्दै ‘रोकेर बस्नु है म पनि आउँछु’ लेखेकी थिइन्। घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धान गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्