कोरोना अपडेटः संक्रमितको संख्या १६ लाख नाघ्यो, मृतकको संख्या १ लाख नजिक

काठमाडौं – विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या साढे ९५ हजार नाघेको छ । वल्र्डोमिटरको तथ्यांकअनुसार अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या ९५ हजार ७ सय २२ पुगेको हो । भाइरसबाट अहिलेसम्म १६ लाख ३ हजार ७ सय १९ जना संक्रमित भएका छन् । संक्रमित मध्ये सबैभन्दा बढी अमेरिकामा छन् । अमेरिकामा अहिलेसम्म जम्मा ४ लाख ६८ हजार ५ सय ६६ जना संक्रमित छन् ।

भाइरसबाट अहिलेसम्म इटालीमा सबैभन्दा धेरै १८ हजार दुई सय ७९ जनाको मृत्यु भएको छ । त्यस्तै सबैभन्दा धेरै मानिसको मृत्यु हुने मुलुकमा अमेरिका दोस्रो स्थानमा आइपुगेको छ । अमेरिकामा कोरोना भाइरसबाट अहिलेसम्म १६ हजार ६ सय ९१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै स्पेनमा पनि मृत्यु हुनेको संख्या १५ हजार चार सय ४७ पुगेको छ भने फ्रान्समा १२ हजार दुई सय १० जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्