मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने

काठमाडाैं – मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ आज बुधबार बाँडफाँड हुने भएको छ ।   बिजुलीबजारस्थित कार्निभल रेस्ट्रोमा साँझ ५ बजे बाँडफाँड गर्न लागेको धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जनाएको छ ।

यस आईपीओमा गोलाप्रथाबाट भाग्यमानी ६२ हजार ११७ अवेदकले १० कित्ताकादरले सेयर पाउनेछन् भने तिनै आवेदकमध्ये २ जनाले थप १–१ कित्ता सेयर पाउनेछन्। त्यस्तै १२ लाख ९२ हजार ७ सय २९ जना आबेदकको हात खाली हुनेछ ।

कम्पनीले सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २०० रुपैयाँबराबरको १०० अंकित दरका कुल ६ लाख २१ हजार १७२ कित्ता बिक्री खुला गरिएको थियो। सीडीएससीका अनुसार यो आईपीओ अन्तिम दिनसम्म १३ लाख ५४ हजार ८४६ आवेदकले कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ता सेयर माग गरेका थिए। यो आबेदन मागभन्दा २४.३४ गुणाले बढी हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्