राजमार्ग अवरुद्ध हुँदा धनगढी महेन्द्रनगरबाट बैतडी र दार्चुला जाने गाडी अलपत्र

FILE PHOTO

दार्चुला-  गाडीको ठक्करबाट एक पैदल यात्रीको मृत्युभएकाे र ठक्कर दिने गाडीको पहिचानको माग गर्दै स्थानीयहरुले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । मृतक सशस्त्र प्रहरी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत सशस्त्र हवल्दार ४० वर्षीय नरेन्द्रसिंह महरा हुन् ।

मृतकको घर पाटन नगरपालिका–८ हरिचन भएको र उनी कार्यरत बाजुराबाट घर आउदै थिए । उनी बैतडीको खोड्पे बजारमा ओर्लेर पैदल हिड्दै घर आउदै थिए । उनलाइ दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा गाडीले बिहान ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यु भएको हो । उनलाइ ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन ।

ठक्कर दिने गाडीको पहिचान गर्न माग गर्दै मृतकका आफन्तले दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध हुँदा अहिले तराईबाट बैतडी तथा दार्चुलाका लागि छुटेका सवारीसाधन बीचबाटोमै रोकिएका छन् । घटनास्थलमा प्रहरी टोली पुगिसकेको घटनाबारे अनुसन्धान भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्