संविधानको दिवसको झल्को दिन गुरुकुलको ‘नमुना सांसद बैठक’

दाङ –  आज असोज ३ गते अर्थात संबिधान दिवस देशका बिभिन्न स्थानमा बिभिन्न कार्यक्रम गरी मनाएका छन । सो अवसरमा दाङको घोराहिमा रहेको गुरुकुल एकेडेमि बिद्यालयले बिद्यार्थिलाई राजनितिक कुरा बुझाउन देशको बर्तमान राजनितिक अबस्था र अव आउदा दिनमा कस्तो हुनुपर्छ भन्ने कुरा देखाउन नमुना सांसद बैठकको आयोजना गरी मनाएको छ । घोराहिको सभा हलमा केहि नेता अनि सांसद सभामुख अनि प्रधानमन्त्रिको भुमिका रहेका ब्यक्तिहरु उपस्थित भएका थिए । सो कार्यक्रममा सभामुखले मन्त्रि तथा सांसदलाई बोल्ने समय निर्धारण गर्दैहुनुहुन्थ्यो । देख्दा साँचिकै सघिय संसद भवनमा भैरहेको बैठक जस्तो । तर यो बास्तविक संसद बैठक नभएर एउटा  बिद्यालयले आफ्ना बिद्यार्थिहरुलाई राजनितिक बैठक तथा मन्त्रिहरुले देश चलाउन कसरी काम गर्छन भन्ने अनुभव गराउन र सिकाउनको लागि आयोजना गरीएको नाटकिय नमुना सांसद बैठकको कार्यक्रम थियो । आज आठौ संबिधान दिवसको अवसरमा दाङको घोराहिमा रहेको आइएसओ सर्टिफाइड बिद्यालयले ब्यबहारीक ज्ञान प्रदान गर्न यो कार्याक्रम गरेको थियो ।

नमुना सांसद बैठकमा मिभिन्न मन्त्रिहरुले आफ्ना योजना प्रस्तुत गरेको थिय । कार्यक्रममा उपस्थित सत्तापक्ष तथा प्रतिपक्ष नेताहरुलाई सभामुखले बोल्ने समय उपलब्ध गराउदै गर्दा सांसदले प्रश्न राख्छन र अन्य उपस्थितले टेवल बजाएर साथ दिन्छन ।  नाटकिय संसद बैठकको आयोजनाले गर्दा बिद्यार्थिहरुmले बास्तबिक राजनितिको बारेमा अनुभव गर्न पाएका छन भने संबिधान आएपछि देशको कानुन र बिभिन्न महत्वपुर्ण कुराहरुको जानकारी लिने मौका पाएका छन ।नमुना सांसद बैठकमा वर्तमान घटना क्रमलाई देखाइएको  थियो  भने  दोस्रो चरणमा देशमा कस्तो अवस्था हुनुपर्छ भन्ने देखाइएको  थियो । यो नाटकिय सांसदले  राम्रो  शन्देस दिएको  संस्कृतविद गोविन्द आचार्यले बताउनुभयो । सांसद बैठकलाई युवा नेतृक्त्व आजको आबश्यकता , भ्रष्टाचारको बिरोध र प्रबिधिमैत्रि शिक्षा आजको आबश्यकता भन्ने मुल नाराको साथ सम्पन्न गरीएको थियो । नाटकिय संसाद बैठकमा कक्षा ८,९,१०,११  र १२ का बिद्यार्थिहरु सहभागि भएका थिए ।

आज बिशेष दिन संबिधान दिवसको अवसरमा बालबालिकाहरुलाई प्रतिनिधि सभा भनेको केहो यो कसरी संचालन गरीन्छ भन्ने कुरा सिकाउने मुख्य लक्ष्य राखेर उक्त कार्यक्रम गरीएको बिद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले बताउनुभएको छ । बिद्यालयमा आयोजित उक्त कार्यक्रमले बिद्यार्थिहरुलाई कसरी राजनिति गर्ने राजनिति भनेको केहो प्रदेश सभा तथा प्रतिनिधि सभा भनेको केहो भन्ने कुरा बझेका ब्यबहारीक रुपमा बुझेका छन । नाटकिय संसदको पहिलो सदनमा सभामुखकको भुमिकामा सुप्रिया थापा र प्रधानमन्त्रिमा उत्सव पोख्रेल रहनुभएको थियो । बिद्यालयका अध्यक्ष ईनिजनियर अनन्तराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण सहायक प्रधानाध्यापक मुकुन्द गिरीले गर्नुभएको थियो । कार्यक्रममा स्वागत प्रधानाध्यापक डा.कृष्णराज डिसिले गर्नुभएको थियो भने कार्यक्रमकौ संयोजकमा आइएसए संयोजक तथा शिक्षक इन्द्र प्रसाद पोख्रेल रहनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्