आजदेखि धादिङको नौबिसे–मलेखु सडकखण्ड ४ घण्टा बन्द हुने

FILE PHOTO

काठमाडाैं – आजदेखि धादिङको नौबिसे–मलेखु सडकखण्ड राति ११ बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ । पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडक दैनिक ४ घण्टा बन्द गरिने भएको हो ।

सिम्लेदेखि मलेखु सडक खण्ड फराकिलो बनाउन पहरो कटान गर्नुपर्ने भएका कारण राति चार घण्टा यो खण्डमा गाडी आउजाउ बन्द गर्न लागिएको हो । यो समयमा एम्बुलेन्स र सुरक्षाकर्मीको गाडीबाहेक अन्य गाडी चलाउन पाइने छैन ।

नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डले सूचना निकालेर यो खण्डमा दिउँसोको समयमा मात्र यात्रा गर्न अनुरोध गरेको छ । काठमाण्डौबाट बाहिरने गाडीलाई धादिङको थाक्रे गाउँपालिका–१ को एक्लेफाँटमा र काठमाण्डौ भित्रिने गाडीलाई गजुरी गाउँपालिका–५ घाटबेसी पुलमा रोकिने सूचनामा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्