१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

सांकेतिक तस्बिर
बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका–८ पिपिरी बस्ने २१ वर्षीय गणेश सुस्लिङ मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती बालिकालाई ललाई फकाई गत आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बर्दिया, २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–६ धामपुर बस्ने ३२ वर्षीय कपिल गिरीलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । गिरीले ती महिलालाई विभिन्न किसिमको धाक धम्की देखाई विभिन्न मितिमा पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्