अवैध लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौं, गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी चामुण्डा मन्दिर नजिक गल्लीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७५ एम्पुल, नोर्फिन ७५ एम्पुल, फेनारगन ७५ एम्पुल र नगद ५५ हजार रूपैयाँसहित सोही नगरपालिका–६ जोरपाटी बस्ने सर्लाही हरिवन नगरपालिका–५ घर भएका ३९ वर्षीय गुलाम मन्सुलीसमेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
झापा, बाह्रदशी गाउँपालिका–४ बस्ने २६ वर्षीय सल्मान आलमलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी फुलबारीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब ३० केजीसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–२४ बस्ने ३३ वर्षीय संगम गुरूङ र बारा सुवर्ण गाउँपालिका–२ कबहिगोठ बस्ने १५ वर्षीय किशोर रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी रातोमाटे र सशस्त्र प्रहरी बलबाट खटिएको टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना.१ ज ३६७७  नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सिटमुनी ४ वटा पोकामा लुकाई राखेको उक्त गाँजा फेला पारी चालक संगम र सुमोमा सवार किशोरलाई पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका–१४ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४० केजी मंगलबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीलाई देख्नासाथ को.१७ प ८६३ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात मोटरसाइकलमा रहेको झोला जाँच गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्