सुवास नेम्वाङ पार्टी विभाजनप्रति दुःखी थिए भन्दै सम्झिए झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले सुवास नेम्वाङको निधनले आफू स्तब्ध भएको बताएका छन् ।

शोक वक्तव्य निकाल्दै उनले नेम्वाङ आफ्नो सातौं कक्षादेखिको सहपाठी भएको स्मरण गरेका छन् । माध्यमिक शिक्षा सँगसँगै अध्ययन गरेको, त्रिचन्द्र कलेजमा आईएससीसँगै पढेको र त्रिभुवन विश्वविद्यालयबाट स्नातक पनि सँगै गरेको स्मरण गर्दै उनले नेम्वाङसँगको सम्बन्ध उल्लेख गरेका छन् ।

एउटै पार्टीमा लामो समयसँगै काम गरेको भएकाले पछिल्लो समय पार्टी विभाजन भएपछि पनि आफूहरुको कुरा हुने गरेको उल्लेख गर्दै नेता खनालले पार्टी विभाजनप्रति नेम्वाङ दुःखी रहेको बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्