कोरोना अपडेटः ज्यान गुमाउनेको संख्या साढे ८८ हजार नाघ्यो, १५ लाख भन्दा बढी संक्रमित

काठमाडौं – कोरोना भाइरस कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८८ हजार ५ सय २ पुगेको छ ।

वल्र्डोमिटरका अनुसार संक्रमितको संख्या १५ लाख १८ हजार ७ सय १९ पुगेको छ । उपचारपछि ३ लाख ३० हजार ५ सय ८९ जना निको भएका छन् । इटलीमा सबैभन्दा बढी १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ र यहाँ संक्रमितको संख्या एक लाख ३९ हजार चार सय २२ पुगेको छ ।

स्पेनमा मृत्यु हुनेको सख्या १४ हजार सात सय ९२ पुगेको छ र संक्रमित संख्या एक लाख ४८ हजार दुई सय २० पुगेको छ । स्पेनमा मृत्यु हुनेको संख्या लगातार दुई दिनसम्म बढिरहेको छ । संयुक्त राज्य अमेरिकामा संक्रमित संख्या चार लाख ३५ हजार १सय २८ पुगेको छ भने मृतक संख्या १४ हजार सात सय ९५ पुगेको छ ।अमेरिकामा एकै दिनमा करिब दुई हजार जनाको मृत्यु भएको हो ।

फ्रान्समा मृतक संख्या १० हजार आठ सय ६९ पुगेको छ र संक्रमित संख्या एक लाख १२ हजार नौ सय ५० पुगेको छ । बेलायतमा सात हजार ९७ जनाको मृत्यु भएको छ र संक्रमित संख्या ६० हजार ७ सय ३३ पुगेको छ । बेलायतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ९ सय भन्दा बढी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्