सर्लाहीको मलंगवामा लगाइएको कर्फ्यु बिहानदेखि हटाइयो, २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी

काठमाडौँ- सर्लाही सदरमुकाम मलंगवामा लगाइएको कर्फ्यु बिहानदेखि हटाइएको छ । कर्फ्यु हटे पनि ७२ घण्टासम्म कुनै पनि किसिमका भेला, आमसभा, प्रदर्शन र पर्चा पप्लेटिङ गर्न नपाइने गरी निषेधाज्ञा भने जारी छ ।

कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा दुई पक्षबीच मलंगवामा झडप भएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार दिउँसो ५ बजेदेखि आइतबार बिहान ८ बजेसम्म कर्फ्यु जारी गरेको थियो ।

भदौँ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । अहिले लामो तथा छोटो दुरीका यातायातका साधन पनि चल्न थालेका छन् भने आवातजावत पनि सामान्य भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्