समाजवादी मोर्चा नेपालको सन्देश सभा भाद्र २६ सुदूरपश्चिम प्रदेशमा

कैलाली – सुदूरपश्चिम प्रदेशमा समाजवादी मोर्चा नेपालको सन्देश सभा भाद्र २६ गते हुने भएको छ । नेकपा (एकीकृत समाजवादी ) सुदूरपश्चिम प्रदेश कमिटीको व्यवस्थापनमा हुने सभालाई मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । समाजवादी मोर्चा नेपालको सन्देश सभा धनगढीको चटकपुरमा रहेको सौराई पार्टी प्लालेसमा आयोजना गरीएको नेकपा(एकीकृत समाजवादी)का प्रदेश अध्यक्ष हर्क बहादुर सिंहले जानकारी दिए ।  सो सभामा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहल प्रचण्ड, नेकपा (एकीकृत समाजवादीका ) अध्यक्ष माधब कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा(विप्लव) का महासचिव नेत्रविक्रम चन्द विप्लप लगाएतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा(एकीकृत समाजवादी)का सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाह जानकारी दिइन् । मोर्चा आबद्ध दलहरु सक्रियताका साथ कार्यक्रम सफलताको पक्षमा रहेको र कार्यक्रम उत्साहजनक हुने उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्