एसिया कप : आज भारत र पाकिस्तान खेल्दै

काठमाडौँ – एसिया कपमा आज भारत र पाकिस्तान खेल्दै छन्। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार आज अपराह्न सवा तीन बजेदेखि खेल सुरू हुनेछ।

भारत-पाकिस्तानको आजको खेल सुपर फोर अन्तर्गतको खेल हो। आजको खेल पूरा ओभर खेलाउनका लागि ‘रिजर्भ डे’ राखिएको छ।

यसअघि समूह चरणमा भारत-पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको थियो। चिर परिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान चार वर्षपछि एकदिवसीय क्रिकेटमा आमनेसामने भएका हुन्।

सन् २०१९ को एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान भिडेको पछिल्लो एकदिवसीय खेल हो। सो खेलमा भारत डिएल मेडथमा ८९ रनले विजयी भएको थियो।

त्यसपछि भारत र पाकिस्तान टी-२० खेलमा मात्र प्रतिस्पर्धा गरेका थिए। सुपर फोरमा पाकिस्तानले दोस्रो खेल खेल्दैछ। यसअघि बुधबार बंगलादेशलाई ७ विकेटले हराएर पाकिस्तानले सुपर फोरमा सुखद सुरुवात गरिसकेको छ। सुपर फोर अन्तर्गत हिजो भएको खेलमा पनि बंगलादेश श्रीलंकासँग २१ रनले पराजित भएको थियो। सुपर फोरबाट शीर्ष स्थानमा पुग्ने २ टिमले उपाधिका लागि भिड्नेछ्न्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्