गौरा पर्वको अवसरमा शैल्यशिखर नगरपालिकामा भदौ २१ र २२ गते विदा

दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिकाले गौरा पर्व २०८० को अवसरमा भदौ २१ र २२ गते स्थानीय विदा दिएको छ । २१ गते मनाइने गौरा पर्वको अवसरमा शैल्यशिखर नगरपालिकाभर २१ र २२ गते स्थानीय बिदा दिने निर्णय गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवदत्त जोशीले सूचना मार्फत जानकारी दिएका छन् ।

यो वर्ष दार्चुलाको केही स्थानमा भदौ ७ गते गौरा मनाइएको छ । लेकम क्षेत्रसहित अधिकांश स्थानमा भदौ २१ गते गौरा मनाउने तयारी छ ।  १८ गते सोमबार विरूडा भिजाएर गौरा पर्व सुरू हुदैछ ।  २० गते श्रीकृष्ण जन्माष्टमी, २१ र २२ गते स्थानीय विदा र २३ गते शनिवार परेकाले गौराको अवसरमा शैल्यशिखरमा चार दिन विदा हुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्