स्थानीय पाठ्यक्रम लागु गर्ने दार्चुलाकै पहिलो गाउँपालिका बन्यो लेकम, ‘हाम्रो लेकम’ पुस्तक सार्वजनिक

काठमाडौँ – दार्चुलाको लेकम गाउँपालिका स्थानीय पाठ्यक्रम लागु गर्ने दार्चुला जिल्लाकै पहिलो गाउँपालिका बनेको छ । आइतबार एक औपचारिक कार्यक्रमकाबीच लेकम गाउँपालिकाले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गर्न ‘हाम्रो लेकम’ पुस्तक सार्वजनिक गरेको हो ।

लेकम गाउँपालिकाले गत वर्ष नै स्थानीय पाठ्यक्रम निर्माण गरेर पाठ्यपुस्तक निर्माणको तयारी थालेको थियो ।‘हाम्रो लेकम’ कक्षा १–८ को पाठ्यपुस्तक लेकमभरीका विद्यालयमा यसै शैक्षिक सत्रदेखि पठनपाठन हुने गाउँपालिकाले जनाएको छ । हाम्रो लेकम पाठ्यपुस्तकमा स्थानीय महत्त्वपूर्ण पाठ्यसामग्री समावेश गरिएको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रामदत्त जोशी, उपाध्यक्ष माधवी जोशी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी, वडाअध्यक्षहरू, कार्यपालिका सदस्य र विभिन्न विद्यालयका प्रधानाध्यापक लगायत शिक्षाप्रेमीहरूको सहभागीतामा रहेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्