एसिया कप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तान भिड्ने

काठमाडौँ – एसिया कप क्रिकेट अन्तर्गत आज भारत र पाकिस्तान भिड्ने भएका छन् । खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पाल्लिकेमा शुरु हुनेछ ।

एसिया कपको आयोजक पाकिस्तान भए पनि भारत नजाने भएपछि श्रीलङ्कामा खेल हुन लागेको हो । भारत र पाकिस्तानको क्रिकेट खेललाई दुवै देशले ठूलो प्रतिष्ठाको विषय बनाउँदै आएका छन् । एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानले नेपाललाई हराएको थियो भने भारतले आज पहिलो खेल खेल्न लागेको हो ।

नेपाल र भारतबीचको खेल पर्सि सोमवार हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्