पाल्पामा पहिरोले स्कार्पियो पुरिंदा तीन जनाको मृत्यु, आठ जना घाइते

फोटो: नेपाल टेलिभिजन

काठमाडाैं – पाल्पामा पहिरोले स्कार्पियो पुरिंदा तीन जनाको मृत्यु भएको छ । पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिदा सवार  मृत्यु यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला चुदारा र रेत भुजेलको घटनास्थलमै मृत्यु भएको छ ।

तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो जिप आज बिहान ढुंगासहितको पहिरोले पुरिएर हो । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन। दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्