एमाले नेताहरु चढेको विमान जनकपुर अवतरण नगरी काठमाडौं फर्कियो

FILE PHOTO

काठमाडौं – एमाले शीर्ष नेताहरु चढेको वुद्ध एअरको विमानमा प्राविधिक गडबडीका कारण विमान जनकपुरमा अवतरण नगरी काठमाडौं फर्किएको छ । पार्टी सचिवालयको वैठकमा सहभागी हुन काठमाडौंबाट सिराह जान जनकपुरको गईरहेका विमानमा एमाले नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा, शंकर पोखरेल, विष्णु रिमाल, रामबहादुर थापा, पृथ्वी सुब्बा गुरुङलगायत रहेका थिए । विमानमा एमाले नेताहरुसहित ६८ जना यात्रु रहेका थिए ।

नेकपा एमालेको सचिवालय बैठक आज बुधबारबाट सिराहाको धनगढीमाइ नगरपालिकामा शुरु हुदैछ ।

अवतरण हुनुभन्दा केही मिनेट अघि मात्रै प्राविधिक खराबी आएको बताइएको छ । विमानको अटोफ्लाइटमा समस्या देखिएको थियो । अन्य यात्रुहरुसहित एमाले नेताहरुलाई अर्को विमानमा जनकपुर पठाइएको र प्राविधिक गडबडी देखिएको विमानको चेकजाँच भईरहेको वुद्ध एअरले जनाएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्