लोभले लाभ लाभले विलापः लाखको लोभमा अर्बाैँका मालिक प्रहरी हिरासतमा

तस्विर: अनलाइनखबर
तस्विर: अनलाइनखबर

काठमाडौं – शनिबार नेपाल एयरलाइन्सको चार्टर्ड विमानमा चीनको ग्वान्झाओबाट स्वास्थ्य सामग्री नेपाल ल्याइयो । सुरुमा विमानले २२ टन स्वास्थ्य सामग्री ल्याउने भनिए पनि फर्किँदा ७.५ टन सामान मात्र आयो ।

विमानमा शंकर ग्रुप, चौधरी ग्रुप, नर्भिक अस्पताल र अन्य मेडिकल सप्लायर्सका सामग्री थिए । यद्यपि, अधिकांश सामग्री शंकर ग्रुपकै थियो । तिनै शंकर ग्रुपका मालिक सुलभ अग्रवाल मंगलबार कालो बजारीको आरोपमा पक्राउ परेका छन् ।

विमानबाट सामग्री आउने बित्तिकै कालोबजारी गरेर बिक्री हुनसक्ने आशंका सुरक्षासम्बद्ध अधिकृतहरुले गरेका थिए । जसअनुसार प्रहरीका विभिन्न इकाइ चनाखो बनेका थिए ।

यहीबीच आइतबार महानगरीय अपराध अनुसन्धान महाशाखाले शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई नयाँ नम्बरबाट सम्पर्क गरेर ‘थर्मल गन’ खरिदका लागि प्रस्ताव ग‍र्यो ।

अग्रवालले ‘ग्रीन सिग्नल’ दिएपछि महाशाखाले प्रहरी उपरीक्षक (एसपी) हृदय थापाको कमाण्डमा एउटा टोली नै तयार ग¥यो । जसले हाइ–प्रोफाइल व्यवसायीको कालोबजारी धन्दाको पटाक्षेप गरेको छ ।

टोलीकै कोभर्ट अपरेशन (छद्म भेषमा गरिने प्रहरी कारबाही) पछि अग्रवाल अहिले हिरासतमा पुगेका छन् । उनको साथबाट प्रहरीले ६८ वटा थर्मल गन (थर्मो्मिटर) बरामद गरेको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा बताउँछन् ।

अग्रवालको घर र कार्यालयमा पनि छापा हानिए पनि केही नभेटिएन थापाले बताए ।

 

अनलाइनखबरकाे सहयाेगमा 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्